२ करोड लगानीमा साँगामा लहरी खर्क फुड एण्ड रिर्सार्ट संचालनमा

२६ भदौ, काठमाडौं । काभ्रेको साँगा चोक नजिकै लहरी खर्क फुड एण्ड इभेन्टस् रिसोर्ट संचालनमा आएको छ । करिव २ करोड लगानीमा संचालित रिसोर्ट सोमवारबाट संचालनमा आएको हो ।

८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा सेमिनार हल, पार्टी प्यालेस, ब्यान्केट, मिटिङ हल रहेका छन् । शान्त र हरियाली वातावरणमा अवस्थित रिसोर्ट फरक ढंगले निर्माण गरिएको छ । रिसोर्टमा केही नेपाली परम्परा शैली र आधुनिक प्रवृधीलाई समेत विशेष ख्याल गरिएको छ ।

रिर्साटमा प्रत्येक शनिवार सांगेतिक साँझ हुने संचालक सुर्य भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समयमा काभ्रेमा धेरैवटा रिर्साटहरु खुलेका छन्, त्यसमध्ये हामीले ग्राहकलाई रिसोर्टका मज्जा लिन सक्ने वातावरण निर्माण गरेका छौ,  संचालक भण्डारीले भने । रिसोर्टका अर्काे विशेषता स्वादिष्ट परिकार दिनु हो। त्यसका लागि अनुभवि र दक्ष कुकको समुह राखिएको समेत भण्डारीले बताउनुभयो ।

५ जनाको समुह मिलेर संचालन गरिएको लहरी खर्क फुड एण्ड इभेन्टस् रिसोर्टले ग्राहको चाहाना अनुरुप थप नयाँ योजना ल्याउने समेत जनाएको छ ।

साँझपख देखिएको रिसोर्टको दृष्य :-

फोटो : संगम कोइराला

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार