पारिवारिक समाजले रियादमा कार्यक्रम गर्दै, मंसिर १३ गते धुर्मुस-सुन्तली जादै

१३ कार्तिक, काठमाडौँ : – रौतहटको सन्तपुर वस्ती निर्माणका लागि साउदी अरेवियामा विशेष कार्यक्रम हुने भएको छ ।

पारिवारिक समाज साउदी अरेविया र सिटी एक्सप्रेसको सयुक्त आयोजनामा अगामी मंशिर १४ गते रियाद स्थित गसर अल अरव हलमा कार्यक्रम हुन लागको हो ।

 

 

कार्यक्रममा चर्चित हास्य कलाकार धुर्मस – सुन्तलीले वस्ती निर्माणको औचित्य वारे पुष्टी गदै वेजोड प्रस्तुती दिने  पारिवारिक समाज साउदी अरेवियाका महासचिव अरुण वेलवासेले जानकारी दिनुभयो ।

उहाले कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको र कोहि कार्यक्रमको प्रायोजन गर्ने संघ संस्था भए अझै समय बाकीं रहेको बताउनुभयो ।

 

साउदी अरेवियामा हाल ३ लाख ९० हजार नेपाली कामदार कार्यरत छन् ।

उनीहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथै पीडितका लागि वन्न लागेको वस्ती निर्माणमा सहयोग पूग्ने उदेश्य राखेको महासचिव वेल्वासेले बताउनुभयो ।

उहाले कार्यक्रममा साउदी अरेबिया स्थित नेपाली राजदुत लगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थित रहने भएकाले सवैलाई भाग लिन समेत आग्रह गर्नूभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार