१५ कार्तिक, काठमाण्डौ : – आसन्न प्रतिनिधी सभा चुनावमा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेल महोत्तरीको क्षेत्र नं–१, बाट चुनाव लड्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रले दोस्रो चरणको चुनावका लागि पोखरेललाई महोत्तरी–१, बाट चुनाव लड्न प्रस्ताव गरेको हो ।
केन्द्रका एक नेताका अनुसार पोखेरलको पक्षमा निर्णय हुन भने बाकीं छ ।
उनका अनुसार उक्त क्षेत्रमा अर्काे प्रत्याशी राजु खड्काले पनि दावी गरेकाले निर्णय नभएको हो । उनले पोखरेललाई उम्मेद्वार बनाउनुपर्छ भन्ने धेरैको सुझाव छ ।
तर, त्यो क्षेत्रमा राजु खड्का पनि प्रभावशाली व्यक्तित्व भएका कारण समस्या भएको ती नेताले बताए ।

3643 पटक हेरिएको 

