लायन्स कल्ब, डाउन-टाउन लगायतको अयोजनामा आइतबार स्वास्थ्य शिबिर हुदै

१८ कार्तिक, काठमाडौ :-  काठमाडौको जरंकु स्थित रमाईलो पाठशाला विधालयमा आईतवार निशुल्क, नाक, कान र घाँटी शिविर संचालन हुने भएको छ ।

लायन्स कल्व अफ काठमाडौं डाउन टाउन र गैरआवसिय नेपाली संघ लगायतको आयोजनामा शिविर संचालन हुन लागेको हो ।

 

शिविरमा निशुल्क, नाक, कान, घाँटीको परिक्षण गरिनुका साथै, औषधी समेत वितरण गरिने लायन्स क्लव अफ इन्टरनेशलनका काउन्सिल चियरम्यान पंकज प्रधानले जानकारी दिनुभयो । उहाले काठमाडौं इएनटी हस्पिटल संगको सहकार्यमा हुन लागेको शिविरको सम्पूर्ण तयारी पुरा भएको र शिविरमा उपस्थित भईदिनु हुन समेत आग्रह गर्नूभएको छ ।

शिबिर बिहान ९:३० देखि २:३० बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार