धनगढी । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीले भौतिक संरचना भत्किँदा घाइते भएकाको उपचारका लागि धनगढीमा रगत संकलन गरिएको छ । धनगढीको मुख्य बजारस्थित पार्कमोडमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।
रोटरी क्लब अफ धनगढीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगत अभावले घाइतेको उपचार गर्न समस्या भएको सुनिएकाले रक्तदान गरिएको रोटरी क्लब अफ धनगढीका अध्यक्ष पुष्कर ओझाले बताए ।
संकलित ३५ पिन्ट रगत सोमबार नै पठाइएको रोटरी क्लबले जनाएको छ । सोमबार बेलुकीको हवाई उडानबाट रगत काठमाडौं पठाउने र त्यहाँबाट प्रभावित क्षेत्र पठाउने व्यवस्था गरिएको हो ।

439 पटक हेरिएको 

