बारा । बारा– पर्सामा हावाहुरीबाट मृतकका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँच–पाँच लाख दिने घोषणा गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो घोषणा गरेका हुन् ।
राहत सामग्री वितरण गर्न मंगलबार बाराको फेटा पुगेका प्रचण्डले सहयोग घोषणा गरेका हुन् ।‘हावाहुरीका कारण मृत्यु भएका परिवारका लागि पार्टीको तर्फबाट प्रतिपरिवार पाँच लाख दिने व्यवस्था गर्छौँ,’ प्रचण्डले भने, ‘पीडितका घर बनाउन सरकारले सहयोग गर्छ, घाइतेको निःशुल्क उपचार हुन्छ ।’
प्रचण्डले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेलाई पनि भेटेका थिए ।

398 पटक हेरिएको 

