काभ्रे । पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको हो।

473 पटक हेरिएको 

