मलेसियाका पूर्व प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दामाथि सुनुवाई अर्को साता

क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक विरुद्ध भ्रष्टाचारको मुद्दामाथि अर्को साता सुनुवाई हुने भएको छ । उनीविरुद्ध अदालतमा ठूलो वित्तीय अपराधसम्बन्धी मुद्दा विचाराधीन छ । रजाकमाथि मलेसियाको वान–एमडीबी कोषबाट अर्बौं डलर दुरुपयोग गरेको आरोप लागेको छ।

रजाकमाथि लागेका आरोप सम्बन्धमा अदालतमा सुनुवाई नभएको भन्दै सरकारको आलोचना पनि हुन थालेको थियो । तर सरकारी अभियोजनकर्ताले बुधबारदेखि नै मुद्दाको सुनुवाई हुने जनाएका छन् ।

गत वर्ष मे महिनामा सम्पन्न चुनावमा यही भ्रष्टाचार काण्डका कारण नजिबको गठबन्धन नराम्रोसँग पराजित भएको थियो । चुनावमा पराजित भएसँगै नजिबमाथि सत्ता र शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको आरोपमा दर्जनौं मुद्दा दायर गरिएका छन् । – एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार