सर्वोच्चमा सिफारिस भएका न्यायाधीशहरुको सुनुवाईका लागि उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत चैत्र १८ गते सोमबार बसेको न्याय परिषद् बैठकले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत, पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत, सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधिश नियक्तिका लागि सिफारिस गरेको थियो ।

प्रस्तावित सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानविन गरी प्रस्तावित न्यायाधीशहरुको सुनुवाई गर्नेछ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार