लोकप्रियता हासिल गर्न जनअपेक्षाअनुसार काम गर्नुपर्छ: नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जन इच्छाबमोजिम काम गर्नुपर्ने बताएका छन् । उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले भने, ‘वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ’, नेता नेपालले भने, ‘एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।’ सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए ।

विश्वमा कम्युनिस्ट पार्टीहरु अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिस्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार