स्थगित भएको प्रदेश २ को एसइई परीक्षा आज देखि, मोबाइल बोक्न प्रतिबन्ध

काठमाडौं । प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश २ को एसइई परीक्षा आज देखि सुरु भएको छ ।

चैत्र १० देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत चौथो दिन विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको थियो भने पाचौं दिन सामाजिक विषयको पनि प्रशनपत्र बाहिरिएपछि स्थगन गरिएको थियो।

चौथो दिन रद्द भएको विज्ञान विषयको परीक्षा चैत्र २२ गतेका लागि तोकिएको थियो भने बाँकी विषयको परीक्षा भने २३ गतेबाट गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो। आज बिहान ८ बजेदेखि विज्ञान विषयको परीक्षा भइरहेको छ।

शनिबार सामाजिक, आइतबारदेखि ऐच्छिक विषयका परीक्षा हुनेछन्। चैत्र २९ गते परीक्षा सम्पन हुनेछ। यस्तै परीक्षा अवधिभर केन्द्राध्यक्ष बाहेक अन्यलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार