एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसबीच सम्बन्ध विच्छेदको खबरले यतिखेर भारतीय मिडिया गर्माएको छ । यद्यपी उनीहरु झुटो प्रचार गर्ने मिडियाविरुद्ध अदालत जाने भएका छन् ।
अन्तर्राष्ट्रिय म्यागजिन ‘ओके’ले दाबी गरेको थियो कि प्रियंका र निकको सम्बन्धविच्छेद हुँदै छ । ओकेले भनेको छ, ‘विवाहपछि एक–अर्काको कमजोरीबारे थाहा भयो र उनीहरू अब साथै रहन चाहँदैनन् ।’ उनीहरूको विवाह भएको चार महिना मात्र भएको छ।
ओके म्यागजिनमा प्रकाशित यो खबर रातारात भाइरल भयो । तर, यो समाचार सत्य नभएको प्रमाणित भएको छ । म्यागजिनले आफ्नो पत्रिकाको बिक्री बढाउन यसो गरेको आँकलन पनि छ । जतिबेला प्रियंका र निक परिवारसँग अमेरिकाको मियामीमा छुट्टी मनाइरहेका थिए, त्यतिवेला नै यो समाचार भइरल भएको थियो ।

प्रियंका र निक यो समाचारलाई लिएर खुब दुःखी भएको बताइएको छ । दुवैले ओके म्यागजिनविरुद्ध कानुनी कारबाहीमा जाने कुरा सोचिहेको उनीहरूनिकट साथीले बताएका छन् ।
प्रियंकासँग ‘क्वान्टिको’ सिरिज खेल्दा साथी बनेका एक मित्रले यो खबर एकदम झुट भएको पश्चिमेली मिडियालाई बताएका छन् । प्रियंकाको नजिकका अर्का साथीलाई उद्धृत गर्दै एक अनलाइनले लेखेको छ कि यदि प्रियंका सो नकारात्मक खबरविरुद्ध उत्रिइन् भने उनलाई कसैले रोक्नेछैन ।

605 पटक हेरिएको 

