काठमाडौं । त्रिभुवन विमानस्थलबाटठूलो परिमाणको मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन् । विभिन्न चार मुलुकको मुद्रा लिएर बैंकक जान लागेको अवस्था उनीहरु पक्राउ परेका हुन्। थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेको अवस्थामा उनीहरु विशेष सूचनाको आधारमा नेपाल प्रहरीले गरेको जाँचका उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, ११ वर्षका १ छोरा र १७ र ४ वर्षका २ छोरी रहेको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सन्दीप भण्डारीले बताए।
उनका अनुसार उनीहरु थाई एयरको फलाइट नं। टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जाँदै गरेको अवस्था पक्राउ परेका हुन्। पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि बरामद विदेशी मुद्रा हित राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा बुझाउने तयारी भइरहेको सुरक्षा कार्यालयले जनाएको छ।

484 पटक हेरिएको 

