२४ चैत, काठमाडौं । सर्पको प्रकोप मानिएको महोत्तरीको बर्दिवास नगरपालिका-३, मा शनिवारबाट एम्बुलेन्स सेवा संचालनमा आएको छ । गौरीबास काठमाडौं समाजको पहलमा संचालनमा आएको एम्बुलेन्स सेवाको राष्ट्रिय जनता पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले उद्घाटन गर्नूभएको हो । उद्घाटन पछि बोल्दै राजपा अध्यक्ष भण्डारीले एम्बुलेन्स सेवा संचालनमा आएपछि यातायातको साधन नपाएर अकालमा स्थानीयले ज्यान गुमाउनु नपर्ने बताउनुभयो । उहाँले आफु त्यस ठाउँमै खेली, हुर्केको कारण भारत सरकार संग एम्बुलेन्सका लागि पहल गरेको र अन्य जस्तो सुकै सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी, कार्यक्रममा एम्बुलेन्स सेवालाई व्यवस्थित, पारदर्शी बनाउन समिती समेत बनाइएको छ । समितीमा किरण बराल, छबि घिमिरे, हरी राय, डोमा शाही र नरबहादुर खनाल रहेका छन् । पछिल्लो समयमा बर्दिवास नगरपालिकाको गौरडाँडा, कालापानी, पाटुमा सर्पको टोकाइबाट वर्षनी धेरै जनाको मृत्यु हुने गरेको छ । एम्बुलेन्स सेवा संचालनमा आएपछि स्थानीय लाभान्वियत हुने बर्दिवास नगरपालिका-३ का वडा अध्यक्ष राजन ढुंगानाने जानकारी दिनुभयो थियो ।

कार्यक्रममा २, नम्बर प्रदेशका सांसद शारदा थापा, उद्योगी व्यवसायी प्रल्लाद क्षेत्र, समाजका अध्यक्ष कृष्ण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

1826 पटक हेरिएको 

