काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मध्ये, मध्यपश्चिम र पुर्वी भेगमा पानी परिरहेको छ। देशको केही स्थानमा भने मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
अबको एक दुइ घण्टापछि मौसम हल्का खुले पनि बदली भइ दिउँसो र बेलुकी पख सम्म पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद मन्जु बासीले जानकारी दिइन्। न्युनचापिय रेखा र स्थानिय वायुको प्रभावले मौसम बदली हुने र मेघगर्जनसहित पानी पर्ने प्रणाली विकास भएको मौसमविद् बासीको भनाइ छ।
उनका अनुसार पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ भने हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको हुनेछ। मंगलबार राति पनि पश्चिमी भेग बाहेक अन्य भागको मौसम बदली भइ पानी पर्ने सम्भवना छ। बुधबार मौसम खुलेपनि बिहिबार पुन वर्षा हुने सम्भावन रहेको महाशाखाले जनाएको छ।

557 पटक हेरिएको 

