व्यवसायीको चियापान : म्यानपावरको धरौटी वुद्धि रोक्नु पहिलो उपलव्धी : गुरुङ

२४ कार्तिक, काठमाण्डौ :- नेपाल बैदेशिक रोजगार व्यवसायी  संगले अहिलेसम्म गरेका कामहरुको वारेमा व्यवसायीहरुलाई जानकारी गराएको संघले विहीवार एक कार्यक्रमको आयोजना गरी संगमा निर्बाचित भएपछिका महत्वपुर्ण कामहरुको वारेमा जानकारी गराएको हो कार्यक्रममा संघका अध्यक्ष रोहन गुरुङले विभिन्न वाधाअवरोधका विच आफुहरुको सय दिनमा महत्वपुर्ण काम गरेको बताउनुभयो

 

 

उहाँले कसैको उक्साहटमा सरकारले ल्याउन लागेका बैदेशिक रोजगार ऐन संसोधन रोक्नु आफुहरुको सवैभन्दा महत्वपुर्ण उपलव्ध भएको बताउनुभयो गुरुङले, यदी बैदेशिक रोजगार ऐन संसोधन भएको भए अहिले म्यानपावर कम्पनीको धरौटी रकम करोड पुग्थ्यो , साना व्यवसायी यसबाट प्रत्यक्ष मारमा पर्थे

 

 

त्यसैगरी, कामदारको सेवा शुल्क पुनरावोलकन, मलेसिया जाने कामदार माथि थपिएको आर्थिक भार हटाउने विषयमा अहिले सकारात्मक छलफल भईरहेको समेत जानकारी दिनुभयो

त्यसैगरी, कार्यक्रममा संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले व्यवसायी संग सल्लाह नगरी सरकारले ल्याउन लागेको बैदेशिक रोजगार ऐन संसोधनमा आफुहरुको असहयोग रहने समेत स्पष्ट पार्नुभयो

 

 

कार्यक्रममा संघमा महासचिव नरेश गेलालले संघको तिहार अघि शूरु गर्ने भनिएको भवन निर्माण कार्य केही प्राविधिक कारणले रोकिए को जानकारी दिदै, छिट्टै शूरु गरिने समेत बताउनुभयो

 

संघमा निर्वाचित भएपछिको कार्यसमितीले विभिन्न समिती बनाएर काम शुरु गरेको थियो । सबै समीतिले कार्यक्रममा आफ्नो कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए

ब्यबसायी भेला तथा चियापान नाम दिएको कार्यक्रममा करिव सय ५० भन्दा वढी व्यवसायीहरु सहभागि थिए

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार