डडेल्धुरामा बस दुर्घटना, ३१ घाइते

धनगढी । धनगढीबाट अछामको मंगलसैनतर्फ गइरहेको बस डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाधारीमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । से ४ ख ६८३६ नम्बरकोे बस केआई सिंह राजमार्ग अर्न्तगत मंगलबार राति २ बजे दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मध्ये एकको अवस्था गम्भीर रहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । घाइतेको डडेल्धुरास्थित उप– क्षेत्रिय अस्पताल डडेल्धुरा उपचार भइरहेको छ ।

४५ जना यात्रु रहेको बसमा क्षमता भन्दा बढी भार भएकोले दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार