काठमाडौं । उद्योगी तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा उपचाररत ६७ वर्षीय गोल्छाको मंगलबार राति निधन भएको हो ।
तमिलनाडुको एक अस्पतालमा दुई साताअघि उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिने उद्यमी तथा दिवाकरका भाई शेखर गोल्छाले जानकारी दिएका छन्।
दिवाकर गोल्छा पहिलो संविधानसभामा कांग्रेसको तर्फबाट सभासद् बनेका थिए । उनको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

1041 पटक हेरिएको 

