भारतीय प्रधानमन्त्री मोदीबारेको चलचित्र प्रदर्शनमा रोक

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र प्रदर्शनमा रोक लागेको छ । बिहीबारदेखि सुरु हुने निर्वाचनलाई केन्द्रित गरेर चलचित्र प्रदर्शन गर्न लागिएको थियो । तर, भारतको निर्वाचन आयोगले बुधबार उक्त चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।

ओमुंग कुमारले निर्देशन गरेको चलचित्रमा विवेक ओब्रोइले मोदीको भूमिका निभाएका छन् । चलचित्र २३ वटा विभिन्न भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी थियो । आयोगले लोकसभा निर्वाचन नसकिएसम्मका लागि उक्त चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार