काठमाडौं । अदालतको न्यायाधीशमा सिफारिस भएका १७ जना न्यायाधीशले सपथ लिएका छन् ।
बुधबार बिहान ११ बजे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको उपस्थितीमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले उनीहरुलाई शपथ खुवाएका हुन् । उनीहरुलाई एक साताअघि न्यायपरिषदले नियुक्तिको सिफारिस गरेको थियो ।
सपथ ग्रहण गर्ने १७ जनामा किरण शर्मा, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल, नीलम पौडेल, राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मदजुनेद आजाद, बालमुकुन्द दवाडी, नागेन्द्रलाल कर्ण, जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्ज्वल शुक्ल र नवराज थपलिया छन् ।

444 पटक हेरिएको 

