समाज कल्याण गतिविधि नेपालद्वारा हावाहुरी पीडितलाई राहत वितरण

काठमाडौं । समाज कल्याण गतिविधि नेपालले बारा र पर्सा जिल्लाका हावाहुरीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।

समाज कल्याण गतिविधि नेपालले आफ्ना देश भित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुबाट राहत संकलन गर्दै प्रभावित क्षेत्रका पीडितलाई सहयोग वितरण गरेको हो।

संस्थाले बारा जिल्लाको फेटा -१ भल्मुहिका पीडित ४० घरपरिवारलाई चामल, दाल, तेल, साबुन दन्त मन्जन, चप्पल, कपडा, विस्कुट, चाउचाउ, भाँडाकुडा, थाल–कचौरा लगायतका अन्य अत्यावश्यक सामग्री वितरण गरेको समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महताराले जनाए ।

समाज कल्याण गतिविधि नेपालले स्थापनाकालदेखि नै विभिन्न समयमा नेपालभित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुको साथ र सहयोगमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भूकम्पलगायतका विपद्को समयमा सहयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार