चिकित्सकहरुको संविधान विरोधी मागमा सरकार घुँडा टेक्दैन : मन्त्री पण्डित

धनगढी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चिकित्सकहरुले प्रदेश र स्थानीय तहमा जाँदैन भन्नु संघीयता विरोधी काम भएको बताए ।

प्रेस क्लबले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले संविधान विरोधी मागमा भइरहेको आन्दोलनमा सरकार वार्तामा नजाने बताए ।

‘हामी समायोजनमा जान्नौं, हामी केन्द्रीय प्रणालीमा मात्र बस्नु पर्छ र संघीय प्रणाली हामीमा लागू हुनु हुँदैन भन्नु संघीयता र संविधान विरोधी हो ।’ मन्त्री पण्डितले भने, ‘यो असह्य काम सरकारले कुनै पनि हालतमा गर्न दिँदैन ।’

कार्यक्षेत्र नजाने डाक्टरलाई कारबाही सुरु गरिसकेको बताउँदै सेवा प्रवाह रोकिराखे सरकारले दया र माया गरिराख्नु पर्ने आवश्यक नहुने र दण्डित गर्नुको विकल्प नभएको बताए ।

सरकारी अस्पताललाई कमजोर बनाएर निजी क्लिनिक र अस्पताल बढाउने काम नैतिकता र पेशागत मर्यादा विपरित भएको उनको टीप्पणी थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार