कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले पार्टी भित्र एकताको सन्देश कास्कीबाट फैलाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान कांग्रेस निकट नेपाल महिलासंघ कास्कीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की निर्वाचन क्षेत्र २ रिक्त रहेको छ ।

उक्त उपनिर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने उनको भनाई छ । विगतमा विभिन्न गुट, उपगुट र घात प्रतिघातका कारण पार्टीले पराजय भोग्न परेकाले यसपाली त्यस्तो कर्ममा संलग्न हुने जो सुकैलाई पनि कारबाही गरिने उनले बताए ।

325 पटक हेरिएको 

