नेपाल पनि मनाइयो गुरु नानकको ५४८औं जन्मोत्सव

२५ कार्तिक, काठमाडौं :- शिखधर्मका गुरु नानकको ५४८ औं जन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । जन्मोत्सवको अवसरमा गुरु नानक देवसेवा सोसाइटी इन्टरनेशलन, क्यालिफोनिया, युएसएले शनिवार काठमाडौंको वालाजुस्थित नानक मठमा विविध कार्यक्रम गरेर मनाएको हो । सोसाइटीले गुरुको जन्मोत्सका अवसरमा मन्दिरमा अखण्ड पाठ, किर्तन भजन र भोजन गराएको थियो ।

 

कार्यक्रममा पशुपति विकास कोषका पूर्वसदस्य–सचिव गोविन्द टण्डनले नेपालमा शिख धर्मलाई अन्य धर्मका रुपमा लिएको भन्दै यो छुट्टै धर्म नभएर एउटा हिन्दू धर्मअन्तर्गत रहेको जनाए । उनले यसमा मानव जिवनका लागि चाहिने प्रचुर आध्यत्मिक वचन रहेको भन्दै नेपालमा पनि संरक्षण, पवद्र्धन गर्न सके, पर्यटनको विकास र मानिसको जिवनशैलीमा समेत परिवर्तन आउने बताए ।

त्यसैगरी, कार्यक्रममा डिआईजी धिरु वस्नेतले नेपालमा भूकम्प पछिको पुर्ननिर्माण र अन्य सामाजिक काममा सोसाइटीले महत्वपुर्ण योगदान पुर्याएको धारणा व्यक्त गरे ।

 

उनले अगामी दिनमा पनि सोसाइटीले गर्ने राम्रा कामहरुमा प्रहरीको साथ सहयोग रहने समेत स्पष्ट पारे । आध्यात्मिक र विचारका धनी शिख धर्मका प्रर्वतक गुरु नानक देव महाराजको जन्म १४६९ मा तात्कालीन भारत हाल पाकिस्तानको तलवंडी भन्ने गाउँमा भएको थियो । तर, विविध कारणले गर्दा पछि परेको शिख धर्म केहीवर्ष यताबाट सोसाइटीले विश्भर विभिन्न कार्यक्रममार्फत प्रर्बद्धन गदै आएको छ ।

नेपाल पनि मन्दिर, म्युजियम, शालिक निर्माणलगायतका सामाजिक क्रियाकलाप गदै आइरहेको गुरु नानक देवसेवा सोसाइटी इन्टरनेशलन, क्यालिफोर्निया, युएसएका  कोषाध्यक्ष मानसिंग खालसाले जानकारी दिए । उनले विश्वभर रहेको शेखहरुको खोजी गरी विश्व शान्ति, भाइचार अभिवृद्धि गर्दै उनीहरुको जीवनस्तरमा सुधार गर्ने आफूहरुको लक्ष्य रहेको समेत बताए ।

कात्तिक पूर्णिमा अर्थात नोभेम्वर ४ लाई गुरु नानक महोत्सवका रुपमा विश्वभर मनाउने गरिएको छ । सोसाइटीले गुरुको जन्मोत्सका अवसरमा नेपालमा पनि एक कार्यक्रम आयोजना गरिएको सोसाइटीका भारत–नेपाल कार्यक्रम हेर्ने संयोजक अमरदिप सिंहले जानकारी दिए । उनले जन्मोत्सवका अवसरमा २ सय डलरको शिक्का समेत जारी गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार