२८ कार्तिक, काठमाडौं :- विवेकशील साझा पार्टीको नुवाकोट क्षेत्र नं १, “क” को प्रदेशसभाका उम्मेदवार विमल तामाङले आफुले स्थानियको मन जित्न सफल भएको बताउनुभएको छ । तामाङले केही दिन अघि देखिको घरदैलोको क्रममा आफुले स्थानियको सदभाब पाएको बताउनुभएको हो ।

उहाँले शहरमा मात्र हैन, मानिसहरु दुर-दराजमा पनि परिवर्तन चाहिरहेका छन्, यस्तो परिवर्तन अब नुवाकोटमा आफुले गर्ने बताउनुभयो । मंगलवार घरदैलोको क्रममा तादिगाउँ पालिका काल्छेमा रहेका तामाङले रिलेटेड खवरलाई भने, यहाका मानिसले गोडा पट-पट फुटाएर काम गरिहेका छन् । उनीहरु चाहन्छन्, छोरा–छोरीले राम्रो विधालयमा पढुन, विना सोर्सफोर्स स्वदेशमै जागिर गरुन । तर, हुन सकेन। अव यसको नेतृत्व हामीले गर्ने हो, विवेकशिल साझा पार्टीले गर्छ, तामाङले भने ।

तामाङ नुवाकोटमा एक साता अघि देखि घरदैलोमा व्यस्त छन् । उनले सोमवार नुवाकोटको तादी गाउँ पालिका अन्तरगत ओख्रे, काल्छे, चिलाउन हुदै, भंगेरी सम्मको घरदैलो गरेका थिए ।

युवा नेताका साथ साथै, लेखक, सफल ब्यबसाही समेत रहेक तामाङले नुवाकोटमा जित्नुभयो भने के गर्नूहुन्छ भन्ने हाम्रो जिज्ञासमा उनले भने, हामीले स्थानियलाई दुख सुखमा साथ दिने मात्रै होइन, जिल्लाबासिले महशुस गर्ने गरी समुद्धि ल्याउने समेत ठोकुवा गरे ।

17312 पटक हेरिएको 

