रामेछाप । तारा एयरको नाएन एन एकेके विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ ।
काठमाडौं–थाप्लु उडानमा रहेको सो विमान मौसम खराब भएपछि रामेछाप विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
अवतरणको क्रममा धानवमार्गबाट विमान दायाँतर्फ चिप्लिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
विमानमा सवार १४ विदेशीसहित ३ चालक दलका सदस्य सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव बाबु तिवारीले बताए ।

509 पटक हेरिएको 

