गण्डकी प्रदेशमा सुर्तीजन्य पदार्थ उपहार दिए १० हजार जरिवाना

पोखरा । गण्डकी प्रदेशमा ‘सुर्ती तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । योसँगै गण्डकी प्रदेशमा कसैले सुर्ती चुरोट दिए जरिवाना तिर्नुपर्ने नियम बनेको छ।

आइतबार गण्डकी प्रदेशले हिउँदे अधिवेशन सम्पन्न गर्नुअघि विधेयक पारित भएसँगै यस्तो नियम बनेको हो। विधेयकमा चुरोट, सुर्तीसँगै अन्य सुर्तीजन्य पदार्थ बिँडी, सिगार, तम्बाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, जर्दा, गुट्खा आदि कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन। फुटकर रूपमा चुरोट, खिल्ली बिक्री वितरण गर्न पनि विधेयकले गैरकानुनी मानेको छ।

यसरी कसैले वितरण गरे १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । लामो समय छलफलमा रहेको उक्त विधेयक मानव स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सरकारले यो विधेयक ल्याएको बताउँदै आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार