लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा

काठमाडौं । आज लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पुगेको छ। २०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।
पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएका थिए।

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार