राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं । राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान ११ बजे चीन प्रस्थान गरेकी छिन् । नेपाल एयरलाइन्सको विशेष जहाजबाट उनी चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुगेका थिए । उनले चिनियाँ सकमक्षी सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग १६ वैशाखमा भेटवार्ता गर्ने छिन् ।

सोही दिन राष्ट्रपति भण्डारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अनुशासन आयोगका सचिव चाओ लेजीबीच भेटवार्ता हुनेछ । त्यसअघि राष्ट्रपति भण्डारीले बिआरआई फोरम सम्मेलनमा दुईपटक सम्बोधन गर्नेछिन् । उच्चस्तरीय वार्ताकै दिन नेपाल र चीनबीच आधा दर्जन पत्राचार तथा प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार