काठमाडौं । बारा र पर्सामा हावाहुरी प्रभावितको घर बनाउन तीन हजार नेपाली सेना परिचालन हुने भएका छन् । सेनाले मंगलबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिलाई आगामी २६ वैशाखबाट घर बनाउन सुरु गर्ने जानकारी दिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
गत १७ चैतमा आएको हावाहुरीबाट प्रभावित क्षेत्रमा १४ सय ५३ घर बनाइने रक्षासचिव रश्मिराज पाण्डेले समितिलाई जानकारी गराए । ‘एउटा घर बनाउन पाँच लाख ८५ हजार नौ सय लाग्ने देखिएको छ । बारामा १३ सय ६२ र पर्सामा ९१ वटा घर बनाउँदै छौँ ।
२५ वैशाखसम्म कागजी प्रक्रिया मिलाएर २६ गतेबाट घर बनाउन सुरु गर्नेछौँ,’ सेनाका उपरथी प्रभुराम शर्माले भने । शर्माले हावाहुरी प्रभावितको घर बनाउन बारा र पर्सामा गरी तीन हजार नेपाली सेनाको जनशक्ति परिचालन गर्न लागेको जानकारी दिए ।

443 पटक हेरिएको 

