पार्टी एकता घोषणाको ११ महिनामा माधव नेपालको १० विदेश भ्रमण

काठमाडौं । चीन भ्रमणबाट फर्केको २४ घन्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटिप्पणी हुने थालेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

‘अहिले त उहाँ पारिवारिक कामका लागि अमेरिका जानुभएको छ,’ नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘उहाँको पटक–पटकको विदेश भ्रमणले एकतामा विलम्ब भएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पार्टी एकता घोषणा भएको ११ महिनामा १० पटक विदेश भ्रमणमा निस्केका छन् । उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा धेरै चीन तीन पटक गएका छन् । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, लाओस, घाना, कम्बोडिया, ब्राजिल एक–एक पटक भ्रमण गरेका छन् ।

नेपालको बढ्दो विदेश भ्रमणले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको भागबन्डा र ज्येष्ठ कम्युनिस्ट मञ्चको एकतामा ढिलाइ हुन लागेको नेकपा स्रोतले बतायो । नेपाल चीनद्वारा आयोजित बेल्ट एन्ड रोड फोरममा सहभागी भई चार दिनपछि आइतबार साँझ स्वदेश फर्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार