काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै छाती पिटी रुनेजस्तो भएको बताएका छन् ।
पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत दयनीय भएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरूको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरू के हुन्छ,’ भुसालले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तो छ ।

गीतले भन्थ्यो– ‘हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनुजस्तो छ ।’ त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’

644 पटक हेरिएको 

