काठमाडौं । देशभरका ७५३ स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन्। ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फारममार्फत रिक्त कर्मचारीको विवरण पठाएको समाचार राजधानी दैनिकमा छ।
माग भई आएका पदमा विभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृतस्तरका बढी छन्। देशभरका स्थानीय तहमा विभिन्न पदमा झन्डै १६ हजार दरबन्दी रिक्त छ। संघीय मालिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वैशाखको अन्त्यसम्म ठूलो संख्यामा कर्मचारी भर्ना खुल्ने बताएका छन्।

490 पटक हेरिएको 

