सिन्धुली । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताएका छन् ।
नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन सबै एक भएर लाग्ने बताए ।

जागरण अभियानले आफैँभित्र रहेको धुलो पनि टकटक्याएर देशलाई स्वच्छ राजनीतिक दिशा दिने सङ्कल्प लिएको नेता पौडेलले बताए ।
सो अवसरमा काङ्ग्रेसका नेता रामशरण महतले सङ्क्रमणकालीन अवस्था नसकिएको, संविधान पूरा कार्यान्वयनको सङ्क्रमण अझ बाँकी रहेको बताए ।

422 पटक हेरिएको 

