नेपालकै पहिलो विज्ञान संग्रहालय खुल्यो, रोबोटले घुमाउँछ आगन्तुक

काठमाडौं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए ।

मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए ।

एउटा स्वचालित यन्त्र अर्थात् रोबोट जसलाई फूलमाया नाम दिइएको छ । राष्ट्रिय विज्ञान संग्रहालयमा रहने गरी समितिले खरिद गरेको रोबोटले संग्रहालय उद्घाटन कार्यक्रम त सञ्चालन ग¥यो नै, आगन्तुकलाई स्वागत गर्ने, घुमाउने र सूचना दिने काम पनि गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार