संस्कृतविद् सत्यमोहन जोशी १०० वर्षमा प्रवेश

ललितपुर । शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ। जोशीलाई महानगरले बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्याएको थियो ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी १०० वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठाएको मंगलकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्‍याएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ।

जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । पाटनवासीले काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजा बजाएका थिए । सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार