हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने भियतनाम भ्रमण सकेर सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते भियतनाम गएका थिए।
भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीका साथ उनका नेपाली प्रतिनिधिमण्डल पनि भ्रमणमा रहेको छ ।

435 पटक हेरिएको 

