विना विवाह पिता बन्ने योजनामा सलमान खान

एजेन्सी । बलिउडमा सरोगेसीमार्फत आमा-बुबा बन्ने क्रम बढ्दै गएको छ । बलिउड अभिनेता सलमान खान पनि सरोगेसीमार्फत पिता बन्ने खबरले बलिउड तातेको छ ।

बिहेको प्रश्नमा अहिलेसम्म अनुत्तरित रहेका सलमान चाँडै पिता बन्ने खबर भारतीय मिडियाले प्रसारित गरेका छन् । ती खबरलाई आधार मान्ने हो भने सलमान विनाविवाह पिता बन्ने योजनामा छन् ।

टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार सलमानले सरोगेसीका माध्यमबाट पिता बन्ने सोच बनाइरहेका छन् । यस्तो समाचार पहिले पनि आएको थियो । हुन त सलमानको बच्चाप्रतिको प्रेम कस्तो छ भन्ने धेरैलाई थाहा छ ।

सलमानलाई विवाहको प्रश्न गर्दा भने सधैँ गोलमाल जवाफ दिने गर्छन् । यसको मतलब हुन्छ कि सलमान अझै पनि विवाहको मुडमा छैनन् । सलमान फिल्ममा जोडिएको ३० वर्ष भइसकेको छ । सलमानको नाम अनेक अभिनेत्रीसँग जोडिँदै आए पनि अहिलेसम्म विवाहबारे भने कुनै संकेत दिएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार