काठमाडौं । कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । उनले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका हुन्। सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्व किर्तिमानलाई तोडेका हुन्।

‘कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा’ बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्।
उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ’यो राष्ट्रकै गौरवको कुरा’ भएको बताए । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताउँदै आएका छन् ।

523 पटक हेरिएको 

