काठमाडौं । आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।
शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्।
कामीरिताले मंगलबार बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए । उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन् ।
सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै घोषणा गरिसकेका छन् ।

482 पटक हेरिएको 

