काठमाडौं-४, मा शुसुप्त तर, ससक्त उम्मेदवार “मुस्कान पौडेल “

२९ कार्तिक, काठमाडौं  :- आसन्न प्रतिनिधी सभा प्रदेशसभा चुनावमा चर्चामा रहेको काठमाडौं क्षेत्र नं ४ मा मुस्कान पौडेल  ससक्त उमेद्वारको रुपमा देखा परेका छन् । त्यो क्षेत्रमा काग्रेशका यूवा नेता गगन थापा र बाम गठबन्धनबाट डा. राजन भटराईको उमेद्वारी छ ।

 

 

मुस्कान सेना नेपाल पार्टीको अध्यक्ष समेत रहेका पौडेलले आफुले चुनाव जित्नेमा ढुक्क रहेको बताए । कपनका स्थायी बासिन्दा समेत रहेका पौडेलको त्यस क्षेत्रमा यूवा संग राम्रो सम्वन्ध रहेको स्थानियहरु बताउछन् । यो क्षेत्रमा पौडेलले चुनाब जित्छन् भनेर ठोकुवा गर्न सकिदैन । तर, भित्रि रुपमा मुक्कान दाईको राम्रो छ । स्थानिय दावा लामाले भने ।

पछिल्लो समयमा मिडिया र सामाजिक संजालमा नदेखिनु भएका पौडेललाई तपाई त कतै देखिनु हुन्न नि , भन्ने हाम्रो जिज्ञासामा उनले भने “म अहिले घरदैलोमा व्यस्त छु, परिणाम आएपछि आफै थाहा पाईहाल्नुहुन्छनी” ।  पौडेलले भने, म अरुले जस्तो वोल्दिन्न तर, गरेर देखाउछु ” ।

 

लामो समय देखी सामाजिक काममा कृयाशिल पौडेल काठमाडौं ४, का स्थायी वासिन्दा हुन् । उनले आसन्न प्रतिनिधीसभा चुनावमा काठमाडौंमा ४ मा शान्ति सुरक्षा, रोजगारी, समुनत नेपालको निर्माणको योजना अघि सारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार