प्रहरीमाथि विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेका छौँ : महानिरीक्षक खनाल

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताएका छन् ।

प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने उनले बताए। भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको बताउँदै उनले पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताए।

पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालयसँग सहकार्य गर्दै सरकारले घोषणा गरेको पर्यटनका सय गन्तव्यमा सिसी टिभी जडानको काम गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार