धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा युवकको हत्या

दुल्लु । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका जनाएको छ।

महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए। सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार