काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा पनि भारतमा जस्तै हिन्दुवादीहरुको बहुमत आउनेमा विश्वास व्यक्त गरेका छन् ।
थापाले भने, ‘भारतमा हिन्दुवादीहरुले सक्छन् भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्नबाट कसैले रोक्न सक्दैन।’
पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै बहुमतसहित सरकार बनाउन सकेको बताउँदै अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अलमल नगरी राप्रपामा गोलवद्ध हुन आग्रह पनि गरे। कार्यक्रममा सिन्धुपाल्चोकबाट विभिन्न दलका कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए ।

413 पटक हेरिएको 

