राजधानीमा बम आतंक : मृत्यु हुनेको संख्या चार पुग्यो, कहाँ-कहाँ भयो विष्फोट ?

काठमाडौं । राजधानी काठमाडौंको सुकेधारा र अनामगनरमा आइतबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुकेधारा विस्फोटमा घाइते भएका मध्ये थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि सुकेधारा विस्फोटमा दुई र अनामनगर विस्फोटमा एक जनाको मृत्यु भएको थियो । घाइते सात जनाको उपचार भइरहेको छ । घाइते हुनेमा सुकेधारामा सैलुन चलाएर बसेका छेटे ठाकुरसहित अन्य रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनामनगर र सुकेधारामा भएको विस्फोटमा नेत्रविक्रम चन्द विप्लव समूहको हात रहेको बताएका छन्।

प्रहरीका अनुसार दुवै ठाउँको घटना टाइम बम बनाउने क्रममा भएको हो। सुकेधारामा भएको विस्फोटमा नख्खुस्थित एनसेल कार्यालयमा भएको विस्फोटमा संलग्न रहेका प्रहरीले जनाएको छ।

त्यस्तै काठमाडौंको नागढुंगामा बम विस्फोट भएको छ । नागढुंगास्थित आधी नारायण इँटा भट्टा नजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

घटनामा संलग्नमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चन्द्रागिरी ३ का २३ वर्षीय विक्रम लामा रहेका छन्।

कोटेश्वरबाट विप्लवका ७ जना जना कार्यकर्ता पक्राउ
काठमाडौंको कोटेश्वरबाट प्रहरीले ७ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्तालाई पक्राउ गरेको छ।

गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर बम ७ जनालाई पक्राउ गरेको छ। साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ।

लगनखेलमा पनि शंकास्पद वस्तु फेला
नेपाली सेनाले लगनखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरेको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार लगनखेलमा शंकास्पद प्रेसर कुकर देखिएपछि सेनालाई खबर गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार