काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका क्रममा पार्टीमा पदका लागि महत्वाकांक्षी धेरै भएकाले समस्या आइरहेको उनको भनाई छ।
प्रेस संगठन नेपालले पेरिस डाँडामा गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले सबैलाई पद चाहिएकाले पार्टी एकतामा गतिरोध आएको बताएका हुन् ।
सबैलाई अध्यक्ष, पोलिटब्यूरो, केन्द्रीय सदस्य नै चाहिएकाले पार्टी एकतामा ढिलाइ भएको बताए। उनले भने ‘यतिबेला हामीलाई साथीहरूलाई म्यानेज गर्न बढो गाह्रो भएको छ, यति धेरै आकांक्षी हामी भएका छौं। सबैलाई केन्द्रीय समिति चाहिने, सबैलाई पोलिटव्यूरो नै चाहिने, सबैलाई स्थायी समिति चाहिने, सबैलाई अध्यक्ष नै चहिने भन्ने जस्तो भएको छ।’
नयाँ सोचका साथ पार्टी एकता गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डल भने, ‘बिनाविचार पार्टी एकता नगरिएको बताए । पार्टी एकताका क्रममा कोही फिट हुन सकेन भने त्यो पार्टीको नभइ व्यक्तिको समस्या भएको उनको भनाइ छ। एकतालाई जनताले अनुमोदन गरी सकेकाले अब पार्टी एकताबाट पछि हट्न नसकिने अध्यक्ष प्रचण्डले बताए।

332 पटक हेरिएको 

