मुलुककै जेठो वीर अस्पतालको सेवा विस्तार अन्योलमा

काठमाडौं । मुलुककै जेठो वीर अस्पतालको सेवा विस्तारका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट ४० करोड रुपैयाँ विनियोजन गरेको छ । चार वर्षअघि प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यकालमा थालेको अस्पताल विस्तारको योजना बर्सेनि बजेटमा समेटिएको छ । तर, विस्तारको काम भने अहिलेसम्म सुरु भएको छैन । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संसद्मा प्रस्तुत गरेको बजेटमा अस्पताल विस्तार गर्न भन्दै ४० करोड रुपैयाँ छुट्याएको बताए । चालू आर्थिक वर्षमा विनियोजन भएकोे ३० करोड रुपैयाँ अझै खर्च भएको छैन । अस्पताल पूर्वाधार निर्माणका लागि अहिलेसम्म डिपिआरसमेत बनेको छैन ।

५७० रोपनी जग्गा स्वीकृति
सरकारले ०७२ मा वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको गुणस्तर र अत्याधुनिक सेवा–सुविधायुक्त बनाउन योजना अघि सारेको थियो । अस्पताल विस्तारको योजनाअनुरूप सरकारले ०७३ मै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ र ४ स्थित दुवाकोटको ५७० रोपनी सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिएको थियो ।

जग्गा रहेको क्षेत्रमा बनेको सामुदायिक भवनबाट वीरले एक वर्षदेखि सामान्य उपचार सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार