काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ‘इद उल फित्र’ मनाउँदै छन्। मंगलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमदान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाउन लागिएको हो।
इदको व्रत एक महिना कठिन व्रत गर्दै विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ। गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यो महिनाको व्यवस्था गरेको बताइन्छ।
इद उल फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने चलन छ। यो दिनमा पवित्र भई नयाँ नयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।
मुस्लिम समुदायको पवित्र पर्व इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो।

566 पटक हेरिएको 

