कैलालीमा हावाहुरीले दुईको ज्यान गयो, ७६ जना घाइते

कैलाली । कैलालीमा गएराति आएको हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर घाइते २ जनालाई भारत रिफर गरिएको छ।

मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र हावाहुरीका कारण कैलालीको गोदावरीमा मोटरसाइकल र टिपर ठोकिदाँ अर्का एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रकाश धामीले जानकारी दिए। हावाहुरीका कारण विद्युत टेलिफोन सेवा अवरुद्ध छ भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार