पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट बैठक बसिरहेको बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लवका १८ जना नेता कार्यकर्ता पक्राउ गरेको छ।
शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई पक्राउ गरेको हो । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दिएको जानकारी अनुसार उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरिएको छ ।
विप्लवको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेरा हालेको थियो।

363 पटक हेरिएको 

